पूर्वमन्त्री रामनाथ अधिकारी : जेनजी आन्दोलनको भावनाअनुसार अब उम्मेदवार नहुने



काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसका नेता तथा पूर्व कृषि मन्त्री रामनाथ अधिकारीले अब आफू आमनिर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन्।

अधिकारिले माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचनमा आफूले उम्मेदवारी नदिने घोषणा गरेका हुन्।

भदौ २३–२४ गते जेनजी पुस्ताको आन्दोलनका बेला उनी कृषि मन्त्री थिए। आन्दोलनपछि उनले तत्कालै पदबाट राजीनामा दिएका थिए।

अधिकारिले धादिङ क्षेत्रीय समिति बैठकमा बोल्दै भने, “भदौ २३ र २४ को घटनापछि मैले आलिसान महल र झण्डावाला गाडी छोडेर राजीनामा दिएँ। अब उम्मेदवारी प्रस्ताव आए पनि म जिम्मेवारी बोध गर्दै कांग्रेसबाट भाग्दिनँ, तर सहभागी पनि हुने छैनँ।”

उनले आफू पटक–पटक उम्मेदवार भइसकेको अनुभव रहेको समेत बताए।

अधिकारि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

उनको निर्णयले जेनजी आन्दोलनको भावनालाई सम्मान गर्ने कांग्रेसभित्रको प्रतिवद्धतालाई पुनः पुष्टि गरेको छ।

प्रकाशित मिति: २०८२ मंसिर २५, बुधवार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको