प्रतिनिधिसभा निर्वाचन : काठमाडौं–४ बाट गगन थापाको एकल सिफारिस



काठमाडौं, मंसिर २४ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन का लागि नेपाली कांग्रेसले काठमाडौं–४ बाट महामन्त्री गगनकुमार थापालाई एकल सिफारिस गरेको छ। क्षेत्रीय समितिको बैठकले थापालाई प्रत्यक्षतर्फ सर्वसम्मत रूपमा अघि सारेको नेता गोपाल आचार्यले जानकारी दिए।

थापाको लोकप्रियता र निरन्तर चुनावी सफलता हेर्दा उनलाई पुनः उम्मेदवार बनाउने निर्णय परेको कांग्रेसका नेताहरू बताउँछन्। यसअघि पनि रोल्पा, धनकुटा र सर्लाही–४ बाट थापाको उम्मेदवारी सिफारिस भइसकेको छ, जसले आगामी निर्वाचनमा पार्टीभित्र उनको प्रभाव झन् मजबुत बनेको देखिन्छ।

गगन थापाले काठमाडौं–४ बाट २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचन जितेका छन्। त्यसअघि, २०६४ को पहिलो संविधानसभामा भने उनी समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए।

कांग्रेसभित्र थापा बलियो युवा नेतृत्वका रूपमा स्थापित छन्। काठमाडौं–४ मा उनको निरन्तर सक्रियता, सडकदेखि सदनसम्मको उपस्थिति र विकास तथा सुशासनका मुद्दामा यगतकउयपभल भूमिकाले उनलाई पुनः एकल सिफारिस दिलाएको पार्टी स्रोतले बताएको छ।

अब पार्टीको केन्द्रीय निर्वाचन समितिले औपचारिक रूपमा उम्मेदवार तोक्ने छ।

प्रकाशित मिति: २०८२ मंसिर २५, बुधवार ११:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको