जनकपुरधाममा ओडिसा नृत्य प्रस्तुती



जनकपुरधाम, मंसिर २४ । भारतीय महावाणिज्य दुतावास विरगंजको आयोजनामा जनकपुरधाममा ओडिसा नृत्य प्रस्तुती सम्पन्न भएको छ ।
मिथिला विकास कोषको सभाकक्षमा आयोजित नृत्य प्रस्तुतीमा नेपाल–भारतको साझा सँस्कृति झल्काउने विषय बस्तुमा आधारित नृत्यहरु प्रदर्शन गरिएको थियो ।

ओडिसाका कलाकारहरु राधा–कृष्ण, सीता राम र बुद्धमा आधारित नृत्य तथा गिती नाटक प्रस्तुत गरेका थिए । उनिहरुको प्रस्तुतीले दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा भारतीय महावाणिज्यदूत देवी सहाय मिनाले नेपाल भारतको साझा संस्कृति झल्काउने प्रस्तुतीले दुबै देशको सम्बन्ध अझ प्रगाढ हुने बताए ।

जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमको उद्घाटन मधेश प्रज्ञा प्रतिष्ठानका प्रमुख राम भरोस कापडी सहितका विशिष्ट अतिथिहरुले गरेका थिए ।

प्रकाशित मिति: २०८२ मंसिर २४, बुधबार १८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको