संसद भवन अवलोकन गर्न नयाँ बानेश्वर पुगिन् पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं , मंसिर २५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन का लागि पुगेकी छन्। गत भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले संसद भवनमा आगजनी गरेका थिए, जसपछि भवनको ठूलो भाग क्षतिग्रस्त बनेको थियो। घटनापछि पहिलोपटक भण्डारीले स्थल अवलोकन गरेकी हुन्।

भण्डारी संसद भवन पुगेपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरेका थिए। उनीहरूले भण्डारीलाई आगजनीबाट प्रभावित क्षेत्र, क्षतिग्रस्त संरचना र पुनर्निर्माणका लागि भइरहेको तयारीबारे जानकारी गराएको बताइएको छ।

जेन–जी आन्दोलनको उग्र रूपले संघीय संसद भवनलाई ठूलो क्षति पुगेको छ। आगजनीका कारण भवनका केही महत्वपूर्ण कक्ष, बैठक हल र भौतिक संरचना प्रयोगविहीन बनेका छन्। भण्डारीले अवलोकनका क्रममा क्षतिग्रस्त क्षेत्रबारे चासो जनाउँदै पुनःनिर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन आवश्यक समन्वय गर्न सुझाव दिएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २६, बिहिवार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको