श्याम कुमार ठाकुर
सिरहा, मंसिर २५ । मिर्चैया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचन भोलि बिहान ८ बजेबाट सुरु भई बेलुका ५ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिले जनाएको छ । कुल २ हजार १०९ जना मतदाता रहेको उक्त निर्वाचनको लागि ३ वटा मतदान केन्द्रको व्यवस्था मिलाइएको छ।
प्रत्येक मतदान केन्द्रमा समान रूपमा मतदाता व्यवस्थापन गर्दै १ वटा मतदान केन्द्र बाट ७०३ जना मतदाताले मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।
यसपटकको मतदान मिर्चैया नगरपालिकाको वडा नं. ६ मा अवस्थित श्री आधारभूत विद्यालय, मेटरवा मा हुने जानकारी पनि निर्वाचन अधिकृत कार्यालयले दिएको छ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार निर्वाचन शान्तिपूर्ण, व्यवस्थित तथा निष्पक्ष रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।






