नेपाल वायुसेवा निगमको जहाज इन्जिन मर्मतमा ३ अर्बको शंकास्पद बिल



काठमाडौं, मंसिर  २५ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ‘लुम्बिनी’ को दुई इन्जिन इजरायलमा मर्मत भएको ८ महिनाभन्दा बढी समयपछि पनि फिर्ता नआउँदा निगमले दैनिक करिब पौने ८ लाख रुपैयाँ भाडा तिर्नुपर्ने स्थिति सिर्जना भएको छ।

स्रोतका अनुसार निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारी र उच्चपदस्थहरूले इन्जिन मर्मत र भाडामा करोडौं रुपैयाँ अनियमितता गरेको दाबी गरिएको छ। नयाँ कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठले इन्जिन फिर्ता ल्याउने प्रक्रिया सुरु गर्दै २१ लाख डलर भुक्तानी गरिसकेको र क्षतिपूर्ति विषयमा वार्ता भइरहेको जानकारी दिएका छन्।



१४ जुलाई २०२३ मा जहाजको बायाँ इन्जिन (भी१७६७२०)मा समस्या पाइएको थियो र ३१ अगस्ट २०२३ मा इजरायल एरोस्पेस इन्डस्ट्रिज (क्ष्ब्क्ष्) सँग मर्मत सम्झौता गरिएको थियो। इन्जिन मर्मतमा ढिलाइ हुँदा दोस्रो इन्जिन पनि बिग्रिएपछि जहाज लामो समय ग्राउन्डेड रह्यो। सम्झौताअनुसार ६७ दिनमा मर्मत सम्पन्न गर्नु पर्ने थियो, तर पहिलो इन्जिन ६ महिनापछि मात्र तयार भयो।

इन्जिन मर्मत र भाडामा अनुमानित लागत ४९ लाख डलरदेखि ७७ लाख ७८ हजार डलरसम्म पुगेको थियो। निगम स्रोतका अनुसार पहिलो इन्जिन मर्मतमा करिब ४१ करोड रुपैयाँ बढी बिल आएको शंकास्पद देखिएको छ।

यसैबीच भाडामा लिएको इन्जिन प्रयोग गर्दा मे २०२४ देखि निगमले करिब ३५ लाख डलर(५० करोड रुपैयाँ) भाडा नतिर्दा अनावश्यक खर्च बढेको छ। यसरी पुरानो इन्जिन नल्याएर भाडाको इन्जिन प्रयोग गर्दा निगममा साढे १८ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको स्रोतले दाबी गरेको छ।

नयाँ कार्यकारी सञ्चालक श्रेष्ठले इन्जिन फिर्ता ल्याउन र भाडा तिर्ने प्रक्रिया सुरु गरेको र दुई पक्षबीच क्षतिपूर्ति र बाँकी बक्यौता विषयमा वार्ता भइरहेको जानकारी दिएका छन्। उनले इन्जिन फिर्ता ल्याउन जोखिम लिएर भुक्तानी गरिसकेको बताएका छन्।

स्रोतका अनुसार इजरायली कम्पनीले निगमलाई “जेस्चर अफ गुडविल” का रूपमा केही शुल्क मिनाहा गर्ने प्रस्ताव पनि राखेको छ। निगमको प्राथमिकता भने सम्भावित अनियमितता हटाएर इन्जिन फिर्ता ल्याउने रहेको छ।

प्रकाशित मिति: २०८२ मंसिर २५, बिहीबार १६:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको