एमाले अनेक धक्का चिरेर पनि धरहरा जस्तै उठ्छ : प्रदीप ज्ञवाली



काठमाडौं, मंसिर २७ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई न्यातपोल दरबारको गौरव र धरहराको पुनःनिर्माण क्षमता जस्ता प्रतीकसँग तुलना गर्दै पार्टीले अनेक चुनौती चिरेर पनि उठ्ने क्षमता रहेको बताएका छन्।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले महाधिवेशन स्थलमा राखिएका न्यातपोल दरबार र धरहराको प्रतीकात्मक महत्वबारे प्रकाश पारे। उनले भने, “न्यातपोल दरबारले चारवटा भूकम्प झेलेको छ, तर अझै गौरवशाली र ऐतिहासिक रुपमा रहेको छ। हामीले धरहरालाई नवनिर्माणको प्रतीकको रुपमा राखेका छौं।”

ज्ञवालीले यस सन्देशमार्फत एमालेको इतिहास, संघर्ष र पुनःस्थापनाको क्षमता देखाउन खोजेको बताए। उनका अनुसार, “धरहरा जस्तै अनेक धक्का चिरेर पनि एमाले उठ्न सक्छ। न्यातपोलको गौरवशाली इतिहास जस्तै, हाम्रो पार्टीले पनि चुनौती पार गर्दै आफ्नो अस्तित्व र शक्ति कायम राख्नेछ।”

उहाँले महाधिवेशनमार्फत पार्टीको एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिलाई मजबुत बनाउने उद्देश्य रहेको पनि स्पष्ट पारे। यो भाषणले पार्टीका कार्यकर्ता र समर्थकलाई उत्साहित गर्दै महाधिवेशनको वातावरणलाई उत्सवपूर्ण बनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २८, शनिवार १३:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको