धुवाँ, खरानी र निषेधका प्रहारलाई चिर्छौं, एमाले लाई अजम्मरी बनाउँछौँ :ओली



काठमाडौं, मंसिर २७ । नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी समाप्त भएको अनुमान गर्नेहरूका लागि आफू अजम्मरी बनेर उभिने उद्घोष गरेका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको ११औँ महाधिवेशनमा ओलीले धुवाँ र खरानीबाट माथि उठ्ने सन्देश दिएका छन्।

अध्यक्ष ओलीले उद्घाटन भाषणमा भने, “पुराना पार्टी सकिए, पुराना नेता सकिए, एमालेको सान्दर्भिकता समाप्त भयो भन्ने भाष्य बनाइयो। तर हामी धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै अघि बढ्छौं। लोकतन्त्र अजय छ, एमाले अजम्मरी छ।”



ओलीले महाधिवेशनलाई अवसर बनाएर पार्टीलाई अझ सशक्त बनाउने र संगठनात्मक एकता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले चुनौतीहरू र विरोधका सबै प्रहारलाई पार गर्दै एमालेलाई दृढ र स्थायी बनाउने आफ्नो संकल्प दोहोराए।

उनको भाषणले पार्टीभित्रका कार्यकर्ता र समर्थकलाई उत्साहित गर्दै आगामी नेतृत्व चयन र संगठन सुदृढीकरणको दिशामा एकजुट बनाउने सन्देश दिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २७, शनिबार १४:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको