एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, पदाधिकारी संख्या १९ पुर्‍याइयो



काठमाडौँ, मंसिर २८। नेकपा एमालेले ११औँ महाधिवेशनअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमा बसेको केन्द्रीय समिति बैठकमार्फत वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ।

एक नेताका अनुसार वरिष्ठ उपाध्यक्ष पद हटाइए पनि पार्टीले पदाधिकारी संख्या बढाएर १९ सदस्यीय बनाएको छ। यसअघि गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी संख्या १५ मा झारेको थियो। तर पदाधिकारीका आकांक्षी धेरै भएपछि अध्यक्ष केपी शर्मा ओलीले संख्या बढाएर पुनः १९ पुर्‍याएको हो।

नयाँ विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात गरी २५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन हुने व्यवस्था गरिएको थियो। तर विधान संशोधनपछि संरचना यसप्रकार परिवर्तन भएको छस् अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन, सचिव नौ। यससँगै प्रदेश कमिटीका अध्यक्षहरू पदेन केन्द्रीय कमिटी सदस्य हुने व्यवस्था पनि कायम छ।

यो निर्णयले पार्टीको नेतृत्व संरचना र पदाधिकारी व्यवस्थापनमा स्पष्टता ल्याउने र महाधिवेशनको नेतृत्व चयन प्रक्रिया सुचारु गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २९, आइतवार १३:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको