२८ बुदे माग राख्दै जसपा नेपालको प्रदर्शन



राजविराज, मंसिर २९ । विभिन्न २८ बुँदे माग राख्दै संघर्षका विभिन्न कार्यक्रम गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले सोमबार सप्तरी सदरमुकाम राजविराजमा बिरोध प्रदर्शन गरेका छन् ।

जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवको नेतृत्वमा बिरोध प्रदर्शन गरिएको हो । प्रदेश सांसद किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिंह यादव, मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, केन्द्रिय सदस्य पुनम यादवका साथै ठूलो संख्यामा जसपा नेपालका नेता कार्यकर्ताको सहभागितामा नगर क्षेत्रमा गरिएको बिरोध प्रदर्शन स्थानीय नेता चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो ।

बिरोध सभालाई प्रदेश सांसदद्वय साह र यादव, क्षेत्रिय अध्यक्ष मनोज बहरखेर यादव, प्रदिप मण्डल, जसपा जिल्ला उपाध्यक्ष लक्ष्मण यादव, जसपा नेपाल मधेश प्रदेश कमिटिका पूर्व सदस्य बिनोद यादव, नविनित झा, विद्यार्थी नेता केदार प्रसाद यादव, महिला नेतृ रमिला साह लगायतले सम्बोधन गर्दै जसपा नेपालले उठाएका माग सम्बोधन नगरिए आनदोलन चर्काउने चेतावनी दिएका थिए ।

जसपा नेपालले संविधान संशोधन, जातिय पहिचान आधारमा ११ प्रदेश, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर–दलिय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चिततासहित जेन–जी पुस्ताले उठाएको न्यायोचित मागहरु सम्बोधन गर्नुपर्ने लगायतका माग उठाउदै चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: २०८२ मंसिर २९, सोमबार १९:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको