सुनकोशी-मरिन सहित मधेशको सिचाईका १५ आयोजनाको ठेक्का तोडियो



काठमाडौं, पुस १। राष्ट्रिय गौरवको आयोजना मानिएको सिँचाइ क्षेत्रकै सबैभन्दा ठूलो सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सहित मधेशको सिचाईका १५ आयोजनाको ठेक्का तोडिएको छ। आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृहसहितका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरणको आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभी (जनकपुर–९, धनुषा) सँग भएको ठेक्का सम्झौता खारेज गरिएको हो।

उक्त आयोजनाका लागि पटेल–रमण जेभीसँग करसहित १४ अर्ब ८ करोड रुपैयाँ बराबरको ठेक्का सम्झौता भएको थियो।

सुनकोशी मरिन संगै ठेक्का लिएर वर्षौँसम्म काम अलपत्र पारिएका सिँचाइसम्बन्धी २२ वटा रुग्ण ठेक्का तोडिएका छन्। तोडिएका ठेक्काको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ।

तोडिएका ठेक्कामध्ये बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम ९धनुषा० अन्तर्गतका १५ ठेक्का रहेका छन्।

भेरी–बबई सिँचाइ आयोजनाको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का र जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का पनि खारेज गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिएर लामो समयसम्म काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई रुग्ण ठेक्का तोड्न निर्देशन दिएका थिए। सो निर्देशनपछि सम्बन्धित कार्यालयहरूले वर्षौँदेखि समस्याग्रस्त रहेका ठेक्काहरू तोड्ने प्रक्रिया अगाडि बढाएका हुन्।

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत हाल २१५ वटा चालु ठेक्का रहेका छन्। तीमध्ये ३३ वटा ठेक्का समस्याग्रस्त रहेकोमा हालसम्म २२ वटा ठेक्का तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए।

 

प्रकाशित मिति: २०८२ पुष २, मंगलवार ११:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको