काठमाडौं नयाँ बजारमा प्रलोपाको केन्द्रीय समिति बैठक सम्पन्न



काठमाडौं ,पुस १ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समिति बैठक काठमाडौंको नयाँ बजारमा बसेको छ। पार्टी गठनपछि पहिलो पटक पूर्ण केन्द्रीय समिति बैठक आयोजित गरिएको हो।

बैठक नयाँ बजारस्थित सासा ब्यान्क्वेट हलमा सुरु भएको हो र भोलिसम्म चल्ने योजना छ। बैठकमा पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्की, सन्तोष परियार, सुदन किराँती, ओजस्वी भट्टराई, दुर्गा सोवल लगायतका नेताहरू सहभागी छन्।

पूर्वप्रधानमन्त्री तथा पार्टीका संरक्षक बाबुराम भट्टराईले बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई औपचारिक शपथसमेत खुवाएका छन्। बैठकमा पार्टीको संगठन सुदृढीकरण, नीति निर्माण र आगामी राजनीतिक गतिविधि विषयमा छलफल हुने बताइएको छ।

प्रलोपा अध्यक्ष भट्टराईले केन्द्रीय समिति सदस्यहरूसँग प्रतिवद्धता र जिम्मेवारीबोध बढाउने उद्देश्यले बैठकलाई महत्वपूर्ण बनाएको बताएका छन्। पार्टीले आगामी निर्वाचन र राजनीतिक कार्यक्रममा सहभागी हुन संगठनलाई प्रभावकारी बनाउने रणनीति तय गर्ने छ।

प्रकाशित मिति: २०८२ पुष २, मंगलवार १३:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको