एमालेको मतदान अझै सुरु भएन, असन्तुष्ट नेताहरू भोट माग्दै



काठमाडौं ,पुस १ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको मतदान अझै सुरु भएको छैन। ३०१ सदस्यीय केन्द्रीय कमिटी को नेतृत्व चयनका लागि ७०९ जना उम्मेदवारले दर्ता गराइसकेका छन्।

मतदान विद्युतीय भोटिङ मेसिनमार्फत हुने तयारी भए पनि धेरै उम्मेदवार हुनुका कारण प्राविधिक व्यवस्थापनमा समय लागिरहेको छ। अध्यक्ष पदका लागि लगातार तेस्रोपटक उम्मेदवार केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पदका लागि ईश्वर पोखरेलले प्यानल बनाउँदै प्रतिस्पर्धा गरिरहेका छन्।

पाँच उपाध्यक्षको लागि ११, महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी, तीन उपमहासचिवको लागि ६, र ९ सचिवको लागि २० जनाले उम्मेदवारी दिएका छन्।

मतदान सुरु नभए पनि उम्मेदवार, नेता र कार्यकर्ताहरू मत माग्न व्यस्त देखिएका छन्। महासचिवमा उम्मेदवारी नपाएका प्रदीप ज्ञवाली समेत असन्तुष्टि जनाए पनि शंकर पोखरेलको प्यानललाई मत माग्न मैदानमा उत्रिएका छन्।

अन्य नेता र कार्यकर्ता पनि विभिन्न झाँकीसहित मत माग्न व्यस्त छन्। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछन्। अनुमानअनुसार एक जनाले भोट हाल्न ३५–४० मिनेटसम्म समय लाग्न सक्छ।

यो महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, उपाध्यक्ष र सचिवसहित ३५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। उम्मेदवारको संख्या र प्राविधिक तयारीका कारण मतदान सुरु हुन ढिला भएको बताइएको छ।

प्रकाशित मिति: २०८२ पुष २, मंगलवार १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको