एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने



काठमाडौं, पुस २ । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५( करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने सम्झौतामा हस्ताक्षर भएको छ। अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबी नेपालस्थित निर्देशक आनो कुश्वाले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरे।

यस ऋणको ग्रेस अवधि ८ वर्ष र भुक्तानी अवधि २४ वर्ष रहनेछ। ग्रेस अवधिमा ब्याजदर १ प्रतिशत रहने र त्यसपछि १.५ प्रतिशत हुनेछ। सहुलियतपूर्ण ऋणको उद्देश्य सार्वजनिक वित्त व्यवस्थापन सुधार, बजेट निर्माण र खर्च व्यवस्थापनमा सुधार ल्याउनुका साथै स्थानीय सरकारलाई सबलीकरण गर्नु हो।

कार्यक्रममा सहसचिव डा. धनीराम शर्माले यस कार्यक्रमको मुख्य लक्ष्य नेपालको खर्च तथा वित्तीय व्यवस्थापन, अन्तरसरकारी स्रोत व्यवस्थापन र सेवा प्रवाह सुदृढ बनाउनु रहेको बताए। उनले भने, “यस कार्यक्रमले सार्वजनिक स्रोतहरूको प्रभावकारी उपयोग गर्दै वित्तीय अनुशासन कायम गर्न र समग्र विकास परिणाम नतिजामुखी बनाउन मद्दत गर्नेछ।”

एडीबीका नेपाल निर्देशक आनो कुश्वाले पनि नेपालसँगको सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार, यो ऋणले बजेट निर्माण, खर्च व्यवस्थापन सुधार र स्थानीय तहमा प्रशासनिक क्षमता सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

यस प्रकारको नीतिमा आधारित ऋण सहायता नेपालको दीर्घकालीन विकास रणनीतिलाई सुदृढ पार्ने र आर्थिक संरचना बलियो बनाउने दृष्टिले महत्वपूर्ण रहेको छ।

प्रकाशित मिति: २०८२ पुष ३, बुधवार १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको