ध्यान दिवसलाई पर्वको रुपमा मनाउने तयारी



सप्तरी, २ पुस । शान्ति र मानव कल्याणको कामनासहित पुस ६ गते देखी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ध्यान शिवीर तथा प्रवचन र भजन लगायतका धार्मिक समारोह हुने भएको छ ।

धार्मिक समारोहका आयोजक विदेह फाउण्डेशनले बुधवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।
तिलाठी कोईलाडी गाउँपालिकास्थित दुःख मोचन आश्रममा सो कार्यक्रम हुने भएको छ । भारतका चर्चित महन्थ एवं आर्चाय श्री सत्येन्द्र कुमार जीद्वारा सो समारोहमा प्रवचन तथा ध्यानको महत्व बारे प्रस्तुती हुने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा फाउण्डेशनका संस्थापक मिहिर ठाकुरले जानकारी दिए ।

राष्ट्रिय मानव आयोगका सदस्य समेत रहेका ठाकुरले अहिले मुलुक अशान्त रहेको र अशान्त मनबाटै त्यसको उपज भएको भन्दै मुलुकमा शान्ति र द्वन्द व्यवस्थापनका लागी पनि मानव कल्याणलाई लक्षित गरि ध्यान शिविर, प्रवचन र भजन लगायतका कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

उनले पुस ६ (२१ डिसेम्बर) का दिनलाई संयृुक्त राष्ट्र संघको आह्वानमा विश्व भर नै ध्यान दिवस मनाउन लागिएको जानकारी दिदै यसमा सहभागी हुन र शान्ति तथा मानव कल्याणका लागी योगदान गर्न सबैसंग आग्रह गरे ।

पत्रकार सम्मेलनमा उनका धर्मपत्नी एवं विघटित प्रतिनिधी सभा सदस्य रञ्जु झा (ठाकुर) ले मानव कल्याणका लागी गर्न लागिएको उक्त धार्मिक समारोहले कुलतमा लागेका यूवाहरुलाई सही मार्गदर्शन प्राप्त गर्ने बताईन ।

युवाहरु स्वस्थ भएमात्र स्वस्थ समाज र राष्ट्र निर्माण हुने भन्दै उनले यूवाहरुमा सकारात्मक परिवर्तन ल्याउन पनि यस्ता कार्यक्रमल मदत पु¥याउने विश्वास व्यक्त गरिन । महन्थ श्री सत्येन्द्र दिब्यशक्ती प्राप्त भएको ज्ञाताका रुपमा मानिन्छ । ध्यान दिवसलाई पर्वको रुपमा मनाउने गरी आवश्यक तयारी गरिएको फाउण्डेशनले जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष ३, बुधवार १८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको