कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा



काठमाडौं, पुस २ । बुधबार सेयर बजारमा सकारात्मक प्रदर्शन देखिएको छ। नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५ अंकमा पुगेको छ। आजको कारोबार रकम ४ अर्ब ५ करोड पुगेको छ, जुन अघिल्लो दिनको ३ अर्ब ४४ करोडभन्दा बढी हो।

आज १४३ कम्पनीको मूल्य बढ्दा १०४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनी स्थिर रहे। समूहगत प्रदर्शनमा फाइनान्स समूह सबैभन्दा बढी १.७५ प्रतिशतले बढेको छ। बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४० प्रतिशतले बढेका छन्।

आज मूल्य वृद्धि भएका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल १० प्रतिशतले बढेका छन्। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ८.७७, चिरख्वा हाइड्रोपावर ५।३३, र माइखोला हाइड्रोपावर ४.३३ प्रतिशतले मूल्य बढाएका छन्।

उता, बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा बढी १० प्रतिशत घटेको छ। अपर स्याङ्गे हाइड्रोपावर ३.२१ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, र राधि विद्युत् रहेका छन्।

प्रकाशित मिति: २०८२ पुष ३, बुधवार १५:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको