जाँचबुझ आयोगको म्याद १ महिना थप



काठमाडौं, पुस ३ । सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थप्ने निर्णय गरेको जानकारी सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले दिनुभयो।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा पहिलो संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ। यस संशोधनले २०७८ को जनगणना अनुसार दलित, आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधिसभा सदस्यको संख्या निर्धारण गर्न लागेको प्रवक्ता खरेलले जानकारी दिनुभयो।

त्यसैगरी, बैठकले १८ वर्षमाथिका व्यक्तिहरूलाई राख्नका लागि नुवाकोटको बिदुरमा निर्माण भएको केन्द्रीय कारागारको खाली ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: २०८२ पुष ४, बिहिवार १८:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको