जनकपुरधाम, पुस ३ । जनकपुरधाममा आफ्नो बेग्लै पहिचान बनाउन सफल मोवाइल मलले आफ्नो नयाँ ब्रान्च जनक चोकमा सञ्चालनमा ल्याएको छ । मोवाइल मल यस भन्दा पहिला जनकपुरधाम उप–महानगरपालिकाको मुख्य गेट अगाडि सञ्चालन हुँदै आएको छ ।
स्मसुङ्ग, ओप्पो, रेडमी, रियल मी लगायतका मोवाइलका ब्राण्डहरु बिक्री वितरण गर्दै आएका मोवाइल मलले आम उपभोक्ताको सहुलियतलाई मध्यनजर गर्दै जनक चोकमा ब्रान्च थपेको मोवाइल मलका सञ्चालक सद्दामले जानकारी दिए । उनले भने–‘आफ्नो मोवाइल मल प्रति आम उपभोक्ताले देखाएको माया स्नेहलाई मध्यनजर गर्दै जनक चोकमा मोवाइल मल सञ्चालनमा ल्याएका छौं ।’
आज देखि सञ्चालनमा आएको जनक चोक ब्राञ्चमा पनि मोवाइल मलमा पाइने सेवा सुविधा पाइने सञ्चालक सद्दामले बताए । उनले ग्रहकलाई चाहिने ब्राण्डका मोवाइल तथा मोवाइलका एशोसिरिजहरु आफ्नो यहा उपलव्ध हुने छ भने यहाँ ठगिने लगायतका समस्याहरुको टेन्सन हुँदैन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तल्लो तल्लामा खोलिएका नयाँ ब्रान्चमा सवै ब्राण्डका मोवाइल तथा एशोसेरिजहरु सुपथ मुल्यमा पाइने सद्दामले जानकारी दिएका छन् ।




