एमाले सचिवको मत अपडेट : महेश बस्नेत अगाडि



काठमाडौं ,पुस ३ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत सचिव पदको मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार महेश बस्नेत ७८३ मतसहित सबैभन्दा अग्रस्थानमा रहेका छन् ।

जारी मतगणनामा सचिव पदका अन्य उम्मेदवारहरूले पनि प्रतिस्पर्धा गरिरहेका छन् । खगराज अधिकारीले ६८०, हिक्मत कुमार कार्कीले ६७२, यमलाल कडेलले ६२६, र राजन भट्टराइले ५८१ मत पाएका छन् । त्यसैगरी भानुभक्त ढकाल ५५२, गोकुल प्रसाद बास्कोटा ५२८, पद्मा कुमारी अर्याल ४७८ र छविलाल विश्वकर्मा ४६९ मतसहित पछि छन् ।

सचिव पदका अन्य उम्मेदवारहरूले प्राप्त गरेका मत यसप्रकार रहेका छन् :

शेरधन राई : ४६७

ठाकुर प्रसाद गैरे : ४६२

रचना खड्का : ४५९

कर्णबहादुर थापा : ४४४

लाल बाबु पण्डित : ३९९

अग्नि प्रसाद खरेल : ३७७

विनोद प्रसाद ढकाल : ३५५

कृष्ण गोपाल श्रेष्ठ : ३२५

इन्द्रलाल साप्कोटा : ३०९

पेम्वा लामा : २५५

पुर्सोतम पौडेल : २३०

एमालेका दुई हजार २६३ प्रतिनिधिमध्ये ३६ जनाबाहेकले मतदान गरेका थिए ।

भृकुटीमण्डपमा विद्युतीय मतदान प्रणालीमार्फत जारी मतगणना अनुसार महेश बस्नेतले प्रारम्भिक चरणदेखि नै अग्रता कायम राख्दै आएका छन् । अन्य उम्मेदवारहरूले केही मत अन्तर घटाउन खोजे पनि हालसम्म बस्नेतको अग्रता स्पष्ट देखिएको छ ।

सचिव पदको नतिजाले पार्टीको आगामी संगठनात्मक दिशा र कार्यशैलीमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ । मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।

प्रकाशित मिति: २०८२ पुष ४, बिहिवार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको