मुख्यमन्त्री यादवलाई शत प्रतिशत मत, विपक्ष विहीन मधेश प्रदेश



जनकपुरधाम, पुस ४ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट शत प्रतिशत मत प्राप्त गरेका छन । मुख्यमन्त्री यादवलाई सबै दलले समर्थन गरेपछि मधेश प्रदेश विपक्ष विहीन बनेका छन ।

६ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको आग्रहमा विश्वासको मतका लागि प्रदेशसभाले बोलाएको बैठकमा सबैदलले मत दिएका छन ।

सभामा उपस्थित १० राजनीतिक दलका प्रदेशसभामा उपस्थित ९२ जना सदस्यले मुख्यमन्त्रीको विश्वासको पक्षमा मतदान गरेका हुन ।
प्रतिपक्षी दल नेकपा एमाले, नेपाल संघीय समाजवादी पार्टी, र राप्रपाले समेत समर्थन जनाएपछि मुख्यमन्त्री यादव शतप्रतिशत मत पाउन सफल भएका हुन ।

काँग्रेस , जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका यादवलाई सबैले मत दिएका हुन ।

मुख्यमन्त्री यादवले सदन संग विश्वासको मत मांगे पछि सबै दलका नेताहरुले मुख्यमन्त्रीलाई आफनो प्रतिबद्धतामा कायम रहन आग्रह गरेका थिए ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा एमाले २५ (१ निलम्बित) , नेपाली कांग्रेस २२, जनता समाजवादी पार्टी नेपाल १९ (१ निलम्बित_ , जनमत पार्टी १३, माओवादी केन्द्र ९, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९ (१ निलम्बित०, नेकपा एकीकृत समाजवादी ७ , तथा नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी १/१ सदस्य रहेको छ ।

प्रकाशित मिति: २०८२ पुष ५, शुक्रवार १९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको