जनकपुरधाम, पुस ४ । भारतको सहयोगमा मुखियापट्टी मुसहरनीय गापा वडा नं. ४ स्थित वैद्यनाथ , देवनारायण जनता नमूना माध्यमिक विद्यालयको नवनिर्मित ३२ कोठे विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ ।
भारतीय महावाणिज्य दुतावास विरगंजका महावाणिज्य दूत देवी सहाय मिना र गाउपालिका अध्यक्ष जय कुमार यादवले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन ।
भारत सरकार र मुखियापट्टी मुसहरनीय गापाको संयुक्त लगानी ४ करोड ६ लाख ९१ हजारको लागतमा ३२ कोठे भूकम्पप्रतिरोधी भवन निर्माण गरिएको हो ।
उद्घाटन सत्रमा बोल्दै वक्ताहरुले भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत मुखियापट्टी मुसहरनीया सहित देशभरमा निर्मित विद्यालय भवन लगायतको संरचनाले शिक्षाक्षेत्रमा भारतको सहयोग अतुलनिय रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि भारतीय महावाणिज्यदूत मिनाले नवनिर्मित भवनले विद्यालयको शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो भवनको निर्माण भारत नेपाल विकास साझेदारीको महत्वपूर्ण हिस्सा रहेको बताउदै उनले भारत सरकार नेपालमा विद्यालयका साथै स्वास्थ्य , तटबन्ध लगायतको कार्य गर्दै आएको बताए ।
यो भवनले नेपाल भारत बीच एक मजबुत र जिबन्त साझेदारीको उत्कृष्ट उदाहरण रहेको बताए ।
उनले भारत सरकारद्वारा ८६ वटा परियोजना नेपालमा लागु भएको बताए । जसमा धनुषामा २१ वटा परियोजना संचालनमा रहेको बताए । उनले भारत सरकारले नेपालमा गर्दै आएको सहयोग बारेमा समेत जानकारी गराएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि दातापरिवारका सदस्य एवं संविधानसभा सदस्य कविन्द्र नाथ ठाकुरले नवनिर्मित भवनको उद्घाटन फगत औचापरिक कार्यक्रम मात्र नभई सबै सपना साकार गर्ने विशेष उत्सव रहेको बताए ।
भारत र नेपालको बीच गहिरो मित्रताको प्रमाणको रुपमा निर्माण गरिएको भवनको लागि उनले भारत सरकार प्रति कृतज्ञता ज्ञापन गर्दै विद्यालय संस्थापकको विरासत र हाम्रो भविष्यको योजना साकार हुने विश्वास व्यक्त गरे ।
उनले स्व. जगन्नाथ ठाकुरको प्रतिवद्धतालाई साकार पार्न आफुले समय समयमा सह
योग गर्दै आएको उल्लेख गर्दै अगामी दिनमा समेत आफनो तर्फ बाट हुन सक्ने सहयोग निरन्तर कायम रहने बताए ।,
भारत सरकार र नेपाल सरकारको सहयोग विद्यालयको भविष्यलाई उज्वल बनाउने कार्य भइ रहेको बताउदै ठाकुरले विद्यालयलाई थप बस उपलब्ध गराई दिन भारतीय वाणिज्यदूत संग आगं्रह समेत गरे ।
कार्यक्रमको अध्यक्षता गरि रहेको गाँउपालिका अध्यक्ष जयकुमार यादवले विद्यालय भवन निर्माणका लागी भारतसरकारलाई विशेष धन्यवाद दिदै भारत सरकारले नेपालको विकासमा गर्दै आएको सहयोग अतुलनीय रहेको बताए ।
उनले भारत नेपालको खुला सीमाना, समान भाषा संस्कृति , बेटी रोटीको सम्बन्ध अझ प्रगाढ बनाउन भारत सरकारले गदै आएको सहयोगको प्रशंसा समेत गरे । अध्यक्ष यादवले भवन निर्माणले मात्र शिक्षाको विकास सम्भव नहुने भन्दै त्यसका लागि शिक्षक, अभिभावक सबैलाई एकजुट भए अघि बढन आग्रह समेत गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक रामदेव पूर्वेले विद्यालयको आरोह अवरोह बारे जानकारी गराउदै विद्यालयलाई सहयोग गर्ने दाता परिवार र पालिका प्रति आभार व्यक्त गरेका थिए ।





