जिल्ला उद्योग वाणिज्य संघ सिरहाको निर्वाचन कार्यक्रम स्थगित



श्यामकुमार ठाकुर
सिरहा, पुस ४ । जिल्ला उद्योग वाणिज्य संघ सिरहाको यही पुस ५ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगित भएको छ।
जिल्ला उद्योग वाणिज्य संघ सिरहाका प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले विज्ञप्ति जारी गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलाशले पुस २ गते गरेको आदेशानुसार अर्को फैसला नहुञ्जेल सम्मको लागि निर्वाचको सम्पूर्ण कार्यक्रम स्थगित भएको जनाएको छ ।

अध्यक्ष पदका उम्मेदवार श्याम गुप्ताले एशोसिएटसमा दर्ता भएका उम्मेदवारको हकमा दर्ता भएको उम्मेदवारीहरुलाई प्रस्तावक र समर्थकहरुमा पनि सोही एशोसिएटसका सदस्यबाट सही छाप गराउनु भनि संघले गरेको निर्णय विरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो ।
उक्त रिटमा सुनुवाई गर्दै उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायधिश पुण्य शिला दवाडी घिमिरेको एकल इजलाशले तत्काल निर्वाचन प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले अन्तरिम आदेश जारी गर्दा दुबै पक्षको छलफल आवश्यक रहेको भन्दै पुस ११ गते दुबै पक्षलाई सबुत प्रमाण सहित छलफलको लागि बोलाएको छ ।

प्रकाशित मिति: २०८२ पुष ५, शुक्रवार १०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको