एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज



काठमाडौं, पुस ४। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे काठमाडौंको कार्की ब्यांक्वेटमा सुरु हुनेछ।

११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण बिहीबार साँझ सम्पन्न भइसकेको छ। शपथपछि पार्टीको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु भएको मानिएको छ।

आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट र आगामी कार्ययोजनाको विषयमा छलफल हुने छ।

साथै, पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि एजेन्डामा पर्न सक्ने नेताहरूले बताएका छन्। बैठकमा नयाँ नेतृत्वको योजना र रणनीतिहरूलाई प्राथमिकतामा राखी आगामी समयका लागि तयारी गरिने अपेक्षा गरिएको छ।

एमालेभित्रको यस्ता बैठकले आगामी राजनीतिक रणनीति तय गर्ने र पार्टीको संगठनात्मक मजबुतीमा थप सुधार ल्याउने अवसर हुने बताइएको छ।

प्रकाशित मिति: २०८२ पुष ५, शुक्रवार ०९:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको