जनकपुरधाम, पुस ५ । देशभरि सुशासनको बहस चलि रहदा कर्मचारीहरुकै संगठनले आयोजन गरेको कार्यक्रमका वक्ताहरुले निजामति कर्मचारी सुध्रिए आफै सुशासन कायम हुने दावी गरेका छन ।
मधेशी निजामति कर्मचारी मञ्च मधेशप्रदेशले आज जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशमा सुशासन सम्बन्धि अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सुशासन कायम गर्ने मुख्य जिम्मेवारी नै कर्मचारीहरुको हुने भएका त्यही बाट सुधार हुनु पर्ने बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका निमित्त प्रमुख सचिव रामकुमार महतोले सुशासन कुनै एक व्यक्ति वा संस्थाबाट मात्र कायम हुने नभएकाले सबै पक्षलाई जिम्मेवार हुनु पर्ने बताए ।
उनले भने ,‘सुशासन कायम गर्न सबैलाई आ–आफनै तह बाट प्रतिबद्धता गर्नु पर्दछ , हामी कर्मचारी छौ, हामीलाई आफनो कर्तव्य इमान्दारी पूर्वक पालना गर्नु पर्छ । अनि आफै सुशासन कायम हुन्छ । ’
राजनीतिक स्तरबाट हुने काम आफुहरुको दायित्व बाट बाहिर रहेकाले अरु के गर्दैछन भन्दापनि हामी के गर्दैछौ भन्ने कुरा महत्वपूर्ण रहेको उहाँको कथन थियो ।
कार्यक्रममा नेपाल वन प्राविधिक संघका केन्द्रिय उपाध्यक्ष सुजित कुमार झाले मधेश प्रदेशमा पछिल्ला सरकारहरु सुशासनको धज्जी उडाएको आरोप लगाउदै उनले निति नियम विपरित हुँदै आएको कामले सुशासन कायम गर्न असहज भएको बताए ।
सरुवा बढुवामा सबै भन्दा बढी अनियमितता हुदै आएको कथन थियो ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी संघका प्रदेश अध्यक्ष राजकिशोर राउतले सुशासन कायम गर्न कर्मचारीहरुलाई नै सुध्रिनु पर्ने बताए ।
नेपाल मधेशी निजामति कर्मचारी मंच मधेश प्रदेशका अध्यक्ष संजय कुमार मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मंचका केन्द्रिय अध्यक्ष लालबाबु यादव लगायत विभिन्न कर्मचारी संगठनका प्रतिनिधिहरु सहितको सहभागिता रहेको थियो ।




