भोलिबाट देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा



काठमाडौँ , पुस  ६ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा समूहका संयोजक मिराज ढुङ्गानाले शान्तिपूर्ण आन्दोलनको निर्णय सार्वजनिक गरेका हुन्।

ढुङ्गानाले सबैलाई भोलि बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेका छन्। आन्दोलनको मुख्य माग सर्वपक्षीय सरकार गठन रहेको छ।

पत्रकार सम्मेलनमा ढुङ्गानाले भने कि जेनजी आन्दोलनप्रति विगतमा धोका भएको महसुस भएको कारण सर्वपक्षीय सरकारको आवश्यकतालाई जोड दिन उनीहरू अग्रसर भएको बताएका छन्। उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी पनि गरे।

समूहले देशभर शान्तिपूर्ण आन्दोलन गर्ने लक्ष्य लिएको र सबै राजनीतिक दल, नागरिक समाज तथा जनतालाई सहकार्य गर्न आह्वान गरेको जानकारी दिएको छ।

ढुङ्गानाले आगामी दिनहरूमा पनि आन्दोलन संकल्पपूर्वक, शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले अघि बढाइने बताएका छन्। आन्दोलनका क्रममा कानून र सुरक्षाको सम्मान गर्न सबै सहभागीलाई निर्देशन दिइएको छ।

जेनजी समूहले देशव्यापी आन्दोलनको घोषणा गर्दै सरकारसँग जनताको हितमा आवश्यक सुधार र राजनीतिक स्थायित्व सुनिश्चित गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ पुष ७, आइतवार १४:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको