वरिष्ठ पत्रकार झाको अर्को कृति युग युग सियागामको लोकार्पण



जनकपुरधाम, पुस ६ । मैथिली पुस्तक ‘युग युग सियागाम’ गुरु–शिष्य सम्वादको लोकार्पण एक समारोहका बीच सम्पन्न भएको छ । वरिष्ठ पत्रकार सुजीत कुमार झाद्वारा लिखित सो पुस्तकको प्रकाशन दूधमती साप्ताहिकले गरेको छ ।

सो कार्यक्रममा मधेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले संयुक्त रुपमा लोकार्पण गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री शर्माले गुरु शिष्य संवादको माध्यमले यहाँको धर्म संस्कृतिलाई बुझाउने नयाँ शैली यसको विशेषता रहेको बताए । पौराणिककालमा पनि महिला आफ्नो विद्यताले चकित पारेको स्मरण गर्दै उनले भनिन्–‘अहिले पनि प्राथमिक विद्यालय महिलाले चलाइरहेको छ । घरमा पनि प्रथम गुरुका रुपमा आमाले योगदान गरिरहेको चर्चा हुने गरेको छ ।’

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मठ मन्दिर पोखरी तलाव यसक्षेत्रको विशेषता रहेको चर्चा गर्दै यो विशेषतालाई गुरु आमाको माध्यमले विद्यार्थीलाई बुझाउने प्रयास यो पुस्तकको माध्यमले राम्रो भएको उल्लेख गरे । सुजीत झाको हरेक पुस्तकको छुट्टै विशेषता रहेको छ त्यसकारण उहाँ अरु लेखक भन्दा अलग रहेको बताए । मैथिली भाषा साहित्यको विकासका लागि प्रदेश सरकारले विशेष योजना ल्याउनु पर्छ उनले मन्त्रीलाई सल्लाह दिए ।

पुस्तकमाथि समीक्षा गर्दै लेखक एवं अनुसन्धानकर्मी मनोज साहले गुरु–शिष्य संवादको माध्यमले यहाँको संस्कृतिलाई बुझाउनु यसको मौलिकता एवं विशेषता रहेको बताए । युग युग सियागाममा अनुसन्धान, कथा, संस्मरण, संवाद सबैथोक एकैठाउँमा रहेको समेत चर्चा गरे । एउटा शिक्षकको रुपमा पुरुष भन्दा महिला बढि प्रभावकारी रहेको पनि पुस्तकको माध्यमले देखाइएको बताए ।

समारोहमा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय उपाध्यक्ष डाक्टर राजीव झा, मधेश प्रदेश सभाका उपसचिव विपिन ठाकुर, कविर अनाथ आश्रमका सञ्चालक सत्यनारायण आलोक, पर्यावरण अभियानी सुरेश शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्ण, पूर्व केन्द्रिय सदस्य रिंकु गायत्री मिश्र, शिक्षा अभियानी एवं औषधी व्यवसायी संघका अध्यक्ष प्रमोद अग्रवाल, वरिष्ठ पत्रकार एवं उपप्राध्यापक श्यामसुन्दर शशि, उपप्रध्यापक जीतेन्द्र झा, जनकपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष जीतेन्द्रप्रसाद साह, प्याब्सन धनुषाका अध्यक्ष रवीन्द्रकुमार चौधरी, नीजि विद्यालयका नेताहरु अवधेश तिवारी, डिके चौधरी, कवि काशीकान्त झा, विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष संतोष साह, कलाकार पत्रकार घनश्याम मिश्र, राम युवा कमिटीका पूर्व अध्यक्षद्वय परमेश्वर साह, शम्भुप्रसाद शाह ‘प्रेमी’ लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८२ पुष ७, आइतवार १७:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको