काठमाडौ , पुस ६ । नेप्से परिसूचक १९.९२ अंक घटेर २५९५ मा पुगेको छ। दिनभर कारोबार रातो रहे पनि बजार मा केही कम्पनीले सकारात्मक गति पनि देखाएका छन्।
आजको बजारमा कारोबार रकम ४ अर्ब ५२ करोड पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा केही कम हो। ४३ कम्पनीको शेयर मूल्य बढ्दा २०७ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो।
क्षेत्रगत रूपमा हेर्दा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले घटेको छ। त्यस्तै ८८जीवन बीमा १.५२५, विकास बैंक १.४२५, फाइनान्स १.३८५८८ले मूल्य घटाएका छन्। अन्य समूहहरूमा ८८बैंकिङ ०.४७५, जलविद्युत् ०.८६५, लगानी ०.६२५, उत्पादन तथा प्रशोधन ०.१०५, निर्जीवन बीमा ०.८०५, व्यापार १.०१५८८ले मूल्य घटेको देखियो।
तर, केही कम्पनीले उच्च वृद्धि देखाएका छन्। ८८एसवाई प्यानलको मूल्य १०५८८ले बढेको छ। अन्य बढेका कम्पनीमा तेह्रथुम पावर ८.२०५, मानुषी लघुवित्त ८.१४५, लक्ष्मी लघुवित्त ५.५७५ रहेका छन्।
विपरीत रूपमा, केही कम्पनीको मूल्य धेरै घटेको छ। ८८सिन्धु विकास बैंक १०५, नारायणी डेभलपमेन्ट बैंक ७.५५५, अपर स्याङ्गे हाइड्रोपावर ७.४५५, कर्पोरेट डेभलपमेन्ट बैंक ६.६४५८८ले मूल्य घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।
बजार विश्लेषकहरूका अनुसार, घटबढमा केन्द्रीय बैंकको नीति, विदेशी लगानीको प्रभाव र आर्थिक गतिविधिहरूले प्रभाव पार्दै आएका छन्।




