काठमाडौं, पुस ७। सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो।
गत सोमबार सुनको भाउले बनाएको रेकर्ड एक सातामै तोडिएको हो। त्यसअघि प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि नयाँ रेकर्ड बनाइरहेको छ। सोमबार चाँदीको भाउ प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको ४ हजार १०५ रुपैयाँभन्दा १३० रुपैयाँ बढी हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन र चाँदीको मूल्य उच्चस्तरमा पुगेको छ। नेपाली समयअनुसार बिहान १०स्५० बजे सुन प्रतिऔंस ४,३९७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६९।३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
विशेषज्ञहरूले आर्थिक अनिश्चितता, मुद्रा मूल्य घटबढ, र अन्तर्राष्ट्रिय माग वृद्धिलाई मूल्य वृद्धिको प्रमुख कारणको रूपमा उल्लेख गरेका छन्।




