संसद पुनःस्थापनाका लागि ‘बहुमत सांसद’ पूरक निवेदनसहित सर्वोच्च जाने



काठमाडौँ, पुस ७ । प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै नेपाली कांग्रेसका थप ७० सांसद पूरक रिट निवेदनसहित सर्वोच्च अदालत जाने भएका छन्।

यसअघि नेकपा एमालेले संस्थागत निर्णयमार्फत ७५ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिसकेको छ। त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेसहित ८ सांसदले दायर गरेको रिट निवेदनमाथि पनि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ।

विघटित प्रतिनिधि सभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले संसद पुनःस्थापनापछि सरकार गठन गर्न सकिने र आवश्यक कानून तथा संविधान संशोधन गर्न संसद सक्षम छ भन्ने प्रमाणित गर्न १ सय ३८ भन्दा बढी सांसदको हस्ताक्षरसहित पूरक निवेदन दायर गरिन लागिएको बताए।

यसैबीच जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको समेत हस्ताक्षर जुटाएर पूरक निवेदन दायर गर्ने तयारी भइरहेको बताइएको छ।

बहुमत सांसदको समर्थनसहित सर्वोच्च अदालतमा पूरक निवेदन पेस गरिने भएपछि संसद पुनःस्थापनाको विषय थप निर्णायक मोडमा पुगेको छ।

प्रकाशित मिति: २०८२ पुष ८, सोमवार ११:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको