जनकपुरधाम, पुस ७ । नवनियुक्त सभामुख रामअशिष यादवले पदभार ग्रहण गर्नु अघि शहीदद्वार पुगेर शहीदको प्रतिमामाथि माल्यार्पण गरेका छन ।
हिजो आइतवार प्रदेशसभाद्वारा सभामुखमा निर्वाचित यादव पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । पदभार ग्रहण अघि जनकपुरधाम १४ मुजेलिया स्थित शहीदद्वारा पुगेको शहीदको प्रतिमा माथि माल्यार्पण गरेका हुन ।
माल्यार्पण कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं जनकपुरधाम उपमहानगर पूर्व प्रमुख लालकिशोर साह, मधेश प्रदेशका पूर्व सांसद चमेली देवी दास सहित पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
तत्कालिन सभामुख रामचन्द्र मण्डल पदीय आचरण विपरित कार्यगरेको भन्दै दुई तिहाई मतले पदमुक्त भएपछि सात दलको समर्थनमा यादव सभामुखमा निर्वाचित भएका हुन ।






