देउवा भेट्न महाराजगञ्ज पुगे ओली



काठमाडौँ, पुस ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ। ओली महासचिव शंकर पोखरेललाई समेत लिएर महाराजगञ्ज पुगेका थिए। भेटमा कांग्रेस सभापति देउवाको पत्नी आरजु राणा देउवा पनि सहभागी थिइन्।

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवालाई भेट्न महाराजगञ्जको निवासमा पुगेका हुन्। यसअघि मंसिर १० गते ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न गएका थिए।

भेटपछि कांग्रेसका आठ पूर्वसांसदले वारेसनामामार्फत विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि नेकपा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै रिट दायर गरिसकेको थियो।

भदौमा भएको जेनजी आन्दोलनपछिको अवस्था व्यवस्थापनका क्रममा देउवा र ओलीको यो दोस्रो भेट भएको हो।

प्रकाशित मिति: २०८२ पुष ८, सोमवार १६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको