हराएका ४ जना बालबालिकाको प्रहरीद्वारा उद्दार



सप्तरी, पुस ७ । अघिल्लो दिन घरबाट हराएका एकै वडाका ४ जना बालबालिका लाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
जिल्लाको तिरहुत गाउँपालिका वडा नम्बर ३ गोइठी बाट अघिल्लो दिन आईतबार हराएका ४ जना बालबालिकालाई फेला पारी प्रहरीले सोमबार अभिभावकको जिम्मा समेत लगाएको हो ।

प्रहरीद्वारा उद्दार गरी यसरी अभिभावकको जिम्मा लगाइएका बालबालिकाहरुमा तिरहुत ३ गोईठी टोलका बिरेन्द्र सरदारको छोरी ७ बर्षीया सृष्टी कुमारी सरदार, सोही ठाउँका चन्दर सरदारको छोरी ७ बर्षीया बर्षा कुमारी सरदार, रामचन्द्र सरदारको छोरी ८ बर्षीया आरोसी सरदार र उनका छोरा ६ बर्षीय कृष्ण सरदार रहेका छन् ।

आईतबार फुफुको घर हनुमाननगर जान्छु भनेर घरबाट हिडेको उनीहरु अचानक हराएका थिए । अबेर साँझ सम्म घरफर्कि नआएपछि इलाका प्रहरी कार्यालय भारदहमा खोजीका लागि अभिभावहरुले जानकारी गराएका थिए ।

उनीहरुलाई खोजतलास गर्ने क्रममा सोमबार विहान भारदहबाट कोशी ब्यारेज तर्फ पैदल जाँदै गरेको अवस्थामा कोशी पुलछेउबाट फेला पारि अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष ८, सोमवार १७:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको