काठमाडौँ, पुस ७ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने विश्वासका लागि सरकारले पर्याप्त आधार प्रदान नगरेको बताएका छन्।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै बस्नेतले भने कि, दलका नेतामाथि स्थानहद लगाइएको अवस्थामा तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था छैन।
बस्नेतले भने, “निर्वाचन भयरहित, निष्पक्ष र धाँधलीरहित हुनुपर्छ। तर दलका नेतामाथि स्थानहद लगाइएको छ। म नै हुँ–५र७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे। त्यसकारण फागुन २१ मा चुनाव हुनेमा हामी विश्वस्त छैनौं।”
उनले सरकार निर्वाचनको निष्पक्ष, शान्तिपूर्ण वातावरण बनाउन केन्द्रित नभएको आरोप पनि लगाए। नो भोटको प्रावधान लगायतका विषयमा पनि सरकार पर्याप्त पहल नगरेको भन्दै उनले चिन्ता व्यक्त गरे।
बस्नेतले थपे, “अब फागुन २१ मा चुनाव भएन र सर्यो भने संसद् पुनस्स्थापना हुन्छ कि के हुन्छरु ६ महिना भन्दा बढी ग्याप हामीले देखेका छैनौं।” उनले सरकारले लोकतान्त्रिक पद्धति मिचेर अध्यादेश ल्याउने प्रयास गरेकोमा पनि आपत्ति जनाए।




