कक्षा १२ को परीक्षा फाराम खुले, आंशिक विद्यार्थीले पनि भर्न पाउने



काठमाडौं, पुस ८ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले ०८३ सालको वार्षिक परीक्षाका लागि कक्षा १२ को परीक्षा फाराम खुलाएको जानकारी दिएको छ।

फाराम नियमित र आंशिक दुवै तर्फका विद्यार्थीका लागि खुला गरिएको छ। आंशिक फाराम भर्न सक्ने विद्यार्थीहरू ती हुन् जसको रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० वा ८१ रहेका छन्।

बोर्डले वार्षिक कार्यतालिकाअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्नुपर्ने जनाएको छ। निर्धारित समयमा शुल्क बुझाउन नसकेका विद्यार्थीहरूले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्नेछन्।

साथै, शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म विद्यालयमार्फत बुझाइसक्न विद्यालयहरूलाई निर्देशन दिइएको छ।

प्रकाशित मिति: २०८२ पुष ९, मंगलवार १०:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको