तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल



काठमाडौं, पुस ८। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्।

शीतलनिवासमा जारी छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

जेनजी आन्दोलनपछि राष्ट्रपति र प्रधानमन्त्रीले तीनवटै दलका शीर्ष नेतासँग गरेको यो पहिलो औपचारिक छलफल हो। स्रोतका अनुसार छलफल पछिल्लो राजनीतिक घटनाक्रम र आगामी फागुन २१ गते हुने निर्वाचनमा केन्द्रित रहेको छ।

छलफलबाट राजनीतिक सहमति र निर्वाचनसम्बन्धी विषयमा साझा धारणा बनाउने प्रयास भइरहेको बताइएको छ।

प्रकाशित मिति: २०८२ पुष ९, मंगलवार १७:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको