जसपाले पुस १४ गते जनकपुरधाममा बृहत विरोध प्रदर्शन गर्ने

तयारीको लागि विभिन्न समिति गठन


जनकपुरधाम, पुस ९ । जनता समाजवादी पार्टीले विभिन्न २८ बुन्दे मागहरु राख्दै शुरु गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत पुस १४ गते जनकपुरधाममा बृहत विरोध प्रदर्शन गर्ने भएको छ ।

सप्तरी देखी सर्लाही सम्मको पाँच जिल्लालाई केन्द्रित गर्दै जनकपुरधाममा हुने विरोध प्रर्दशनका लागि जसपा नेपालले तयारीलाई तीब्रता दिएका छन ।

केन्द्रिय महासचिव रामकुमार शर्माको अध्यक्षतामा आज जनकपुरधाममा बसेको बैठकले प्रदर्शनलाई व्यवस्थित बनाउन विभिन्न समितिहरु गठन गरेको छ ।

बैठकले जनकपुरधामको तिरहुतिया गाछीमा विरोधसभा गर्ने निर्णय गर्दै जनपरिचालन समिति, मंच व्यवस्थापन तथा प्रचार प्रसार समिति, आर्थिक व्यस्थापन समिति, युवा परिचालन समिति र अनुगमन समिति गठन गरेको छ ।

केन्द्रिय उपमहासचिव दिपक कार्कीको अध्यक्षतामा गठित जनपरिचालन समितिमा पाँचवटै जिल्लाका केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्षहरुलाई समेटिएको छ ।

जीतेन्द्र कुमार यादवको अध्यक्षतामा गठित मंच व्यवस्थापन तथा प्रचार प्रसार समितिमा ज्ञानेन्द्र कुमार यादव, पशुपति यादव, चमेली देवी दास, श्यामकुमार यादव, दिपेन्द्र कुमार कापडी, बलिराम कापडी रहेका छन ।

प्रदर्शनलाई व्यवस्थित बनाउन केन्द्रिय कोषाध्यक्ष सुरिता कुमारी साहको अध्यक्षतामा गठित आर्थिक व्यवस्थापन समितिमा डा. सुरेन्द्र यादव, प्रदेश कोषाध्यक्ष विष्णु कुमार साह, राजकुमार गुप्ता, र डा. बबि सिंह रहेका छन । त्यसैगरि विन्देश्वर यादव विक्कीको संयोजकत्वमा युवा परिचालन समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा युवा र विद्यार्थीका प्रदेश अध्यक्ष, तथा पाँच वटै जिल्लाका युवा विद्यार्थीको जिल्ला अध्यक्षहरुलाईउ समेटिएको छ ।

बैठकले हरिनारायण यादवको अध्यक्षतामा अनुगमन समिति समेत गठन गरिएको छ। उक्त समितिमा लाल किशोर साह र नागेन्द्र यादवलाई चयन गरिएको प्रचार प्रसार उपसमितिको संयोजक जीतेन्द्र यादवले जनाएका छन ।

प्रकाशित मिति: २०८२ पुष १०, बुधवार १७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको