पुरूषोत्तम यादवको मानव अधिकार आयोगमा तीन घन्टा बयान



काठमाडौँ , पुस ९ । जेनजी प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार तीन घन्टा लामो बयान दिएका छन्।

आयोगले बयानका लागि बोलाएपछि यादवले लिखित र मौखिक दुवै रूपमा बयान दिएका हुन्। यादवका अनुसार, उनले विहान ११ बजेबाट लगभग २ बजेसम्म बयान दिएका थिए। बयान भदौ २३\२४ गतेको घटनासँग सम्बन्धित छ, जसको आयोगले हाल छानबिन गर्दै आएको छ।

यसअघि सोमबार आयोगले काठमाडौंका मेयर बालेन शाहलाई पनि बयानका लागि बोलाएको थियो।

यादव हाल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरिसकेका छन्। रास्वपाले उनलाई प्रारम्भिक समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको सूचीमा समावेश गरेको छ।

आयोगले बयानको आधारमा घटनाको अनुसन्धान जारी राख्ने र आवश्यक कारबाहीको सिफारिस गर्ने जनाएको छ।

प्रकाशित मिति: २०८२ पुष १०, बुधवार १५:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको