जेनजी आन्दोलन सम्बन्धमा बयान दिने कि नदिने भनेर रमेश लेखक परामर्शमा



काठमाडौं, पुस ९। जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक आन्तरिक परामर्शमा जुटेका छन् । उनका अनुसार उनी पार्टीभित्र र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरिरहेका छन्।

नेता लेखकले आयोगले बयानका लागि पठाएको पत्र अझै प्राप्त नभएको बताउदै भने, “पत्र हिजो पठाइएको छ भन्ने सुनेको छु, तर मैले पाएको छैन, के गर्ने भनेर सल्लाह गर्दैछु।”

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा कार्यरत जाँचबुझ आयोगले मंगलबार रमेश लेखकलाई बयानका लागि पत्र पठाउने निर्णय गरेको थियो। आयोगको लक्ष्य २०७८ भदौ २३–२४ गते जेनजी युवा पुस्ताले गरेको आन्दोलनको क्रममा भएका घटनाहरूको स्पष्ट अनुसन्धान गर्नु हो।

उक्त आन्दोलनमा भ्रष्टाचार र सुशासनको मागसहित सरकारमाथि प्रदर्शन गरिएको थियो, जसमा प्रहरीको गोली तथा आगजनीमा परी ७६ जनाको ज्यान गएको थियो। यस घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजीनामा दिनुपरेको थियो। त्यस बेला गृहमन्त्री रहेका लेखक पनि अनुसन्धानको दायरामा रहेका छन्।

एमाले अध्यक्ष समेत रहेका ओलीले बयान नदिने अडान दोहराउदै आएका छन्। तर रमेश लेखकले भने अहिलेसम्म अन्तिम निर्णय गरेका छैनन्। नेपाली कांग्रेस महामन्त्री गगन थापा पक्षले भने जेनजी आन्दोलनका घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने भन्दै लेखकले बयान दिनुपर्ने आवाज उठाउँदै आएको छ।

आयोगले भने यस मामिलामा पारदर्शिता कायम राख्ने र सबै पक्षको बयान सुन्ने योजना बनाएको जनाएको छ। यस घटनापछि राजनीतिक दलहरूमा बयान दिने वा नदिने विषयमा छलफल जारी छ।

प्रकाशित मिति: २०८२ पुष १०, बुधवार ०९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको