जनकपुरधाम, पुस ९ । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले केन्द्रिय अध्यक्ष उपेन्द्र यादव सहितका नेताको नाम सिफारिस गरेको छ ।
जसपा नेपाल धनुषा क्षेत्रनं. २ को हिजो अबेर सम्पन्न क्षेत्रीय बैठकले प्रत्यक्ष तर्फ केन्द्रिय अध्यक्ष यादव सहित ६ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय अध्यक्ष विपिनदेव यादवको अध्यक्षतामा बसेको बैठकले केन्द्रिय अध्यक्ष यादव, केन्द्रिय सदस्य अरुणसिंह मण्डल, जिल्ला अध्यक्ष पशुपति यादव, कमलदेव मण्डल र सुशिल साहको नाम सिफारिस गरेको छ ।
जसपा नेपाल धनुषाले क्षेत्र नं.को नाम सिफारिस संगै चार वटै क्षेत्रको क्षेत्रीय बैठकबाट प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवारको नाम सिफारिस गरि सकेको छ । यस अघि नै क्षेत्र नं. १ को बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ दिपक कार्कीको एकल नाम सिफारिस गरेको थियो ।
त्यसै गरि क्षेत्र नं. ३को क्षेत्रीय बैठकले प्रत्यक्ष तर्फ केन्द्रिय सदस्यद्वय प्रेमचन्द्र झा र बेचन मुखियाको नाम सिफारिस िगरेको थियो भने क्षेत्र नं. ४को क्षेत्रीय बैठकले मधेश प्रदेशका पूर्व आन्तरिक मामिला (गृह)मन्त्री ज्ञानेन्द्र कुमार यादवको एकल नाम सिफारिस गरेको थियो ।
क्षेत्रीय बैठकहरुले प्रत्यक्षका अतिरिक्त समानुपातिक तर्फ विभिन्न एक दर्जनभन्दा बढी नेताको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय बैठकहरुबाट सिफारिस भएका नामहरु छिट्टै जिल्ला कमिटीबाट अनुमोदन गरि केन्द्रमा पठाइने जिल्ला अध्यक्ष पशुपति यादवले जनाएका छन ।




