काठमाडौं मेयर बालेनलाई भेट्न ललितपुरमा भिड, टिम निर्माणमा सक्रियता



ललितपुर ,पुस १० । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक टिम निर्माणका लागि ललितपुरको ज्वागलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा छलफल गरिरहँदा ठूलो भिड जम्मा भएको छ।

समानुपातिक सूची टुंग्याउने समय नजिकिँदै गर्दा बालेन आफ्नै पहलमा पार्टी खोल्ने तयारीमा जुटेका छन्। गएराति देखि उनी अनुकूल नेताहरू र समर्थकसँग टिम निर्माणको छलफलमा व्यस्त रहेका थिए। आज बिहान उनी उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङसँग भेटेका थिए। कुलमानसँगको भेट सकिएपछि बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच पछिल्लो दुई घण्टादेखि भेटवार्ता चलिरहेको छ।

भेटवार्ताको क्रममा ज्वागलमा नेतादेखि कलाकार र जेन–जी अभियन्ता सम्मको भिड बढेको छ। सुधन गुरुङ, विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, निर्देशक विशाल भण्डारी र अन्य कलाकारहरू समेत उपस्थित छन्। गुरुङले बालेन र रवि सम्झौता नगरेसम्म बाहिर निस्कन नदिने भन्दै तालाबन्दी गरेका छन्।

भेटवार्ता अघि, बालेनले जनमतका सीके राउत, नाउपा नेपालका रेशम चौधरी, राप्रपाका ज्ञानेन्द्र शाही, पूर्व प्रशासक भीम उपाध्याय, पत्रकार ऋषि धमला, सागर ढकाल, भगवान कोइराला, निश्चल बस्नेत, सरोज गौतम र असिम शाहसहितका नेतासँग पनि भेट गरेका थिए।

कार्यक्रममा कलाकार अर्जुन घिमिरेले ‘झरीपछिको इन्द्रेणी’ ब्यानर राखेर प्रचार गरिरहेका छन्। बालेनको यो सक्रियता आगामी निर्वाचनअघि नयाँ राजनीतिक गठबन्धन र तालमेल निर्माणतर्फको संकेतको रूपमा लिइएको छ।

प्रकाशित मिति: २०८२ पुष ११, बिहिवार १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको