त्रिविका १६ हजार बढी विद्यार्थी दीक्षित, नोबेल विजेता ताकाआकी काजिताको प्रमुख आतिथ्य



काठमाडौँ , पुस १० । त्रिभुवन विश्वविद्यालयले १६ हजारभन्दा बढी छात्रछात्रालाई दीक्षित गरेको छ । त्रिपुरेश्वर रंगशालामा आयोजित ५१औं दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका विद्यार्थीहरूलाई दीक्षित गरिएको हो ।

विश्वविद्यालयका अनुसार यस वर्ष कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । मानविकीबाट १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनबाट दुई हजार ३३५ र शिक्षाबाट १६ हजार ४६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । तीमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदकसमेत प्रदान गरिएको थियो ।

विशेषत, विश्वविद्यालयको इतिहासमा पहिलोपटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिको रूपमा उपस्थित रहिन् । सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार जित्न सफल काजिताले विद्यार्थीहरूलाई दीक्षित गर्दै प्रेरणादायक सम्बोधन दिइन् ।

दीक्षान्त समारोहले विद्यार्थीहरूको मेहनत र उपलब्धिलाई सम्मान गर्दै उनीहरूलाई भविष्यमा नयाँ उचाइ हासिल गर्न प्रेरित गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गरेको छ भने दीक्षित विद्यार्थीहरूले सामाजिक, सांस्कृतिक र पेशागत क्षेत्रमा योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विश्वविद्यालयले हरेक वर्ष जस्तै यसपटक पनि दीक्षान्त समारोहमार्फत विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: २०८२ पुष ११, बिहिवार १४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको