बालानन्द शर्माले लिए परराष्ट्रमन्त्रीको शपथ



काठमाडौं , पुस १ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले ११ पुस, काठमाडौँमा परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ ग्रहण समारोह राष्ट्रपति भवन, शितलनिवासमा सम्पन्न भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, साथै अन्य मन्त्री र उच्च अधिकारीहरू उपस्थित थिए।

शर्मालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले दिएकी थिइन्। प्रधानमन्त्री आफैंले रक्षा र खानेपानी मन्त्रालय सम्हाल्ने क्रममा बालानन्द शर्मालाई परराष्ट्र मन्त्रालयको नेतृत्वमा नियुक्त गरिएको हो।

पूर्वरथी शर्मालाई नेपाली सेनामा माओवादी लडाकुहरूको समायोजन तथा सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको रूपमा काम गरेको अनुभव छ। उनका कुशल नेतृत्वमा ३० हजार माओवादी लडाकुबाट १५ सयभन्दा कम व्यक्तिलाई समायोजनमा ल्याएर स्वेच्छिक अवकासको व्यवस्था गरिएको थियो।

त्यसैगरी, उनले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (ऋऋःऋ) मा प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए। उनको अनुभव र प्रशासनिक क्षमतालाई ध्यानमा राखेर उनलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको हो।

बालानन्द शर्माको नियुक्तिले सरकारको नेतृत्वमा स्थायित्व र परराष्ट्र नीतिमा नयाँ दिशा ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ पुष १२, शुक्रवार १५:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको