पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा धमला



रुकमिणी साह
जनकपुरधाम, पुस ११ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जनकपुरधामको अध्यक्षमा प्रकाश कुमार धमला चयन भएका छन ।
सम्पन्न अधिवेशनले धमलाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा श्रवण कुमार यादव, उपाध्यक्षमा विरेन्द्र कुमार मिश्र, सचिवमा बजरंग यादव, सहसचिवमा विरेन्द्र कुमार महतो र कोषाध्यक्षमा रामजिवन साह चयन भएका छन ।

त्यसै गरि सदस्यहरुमा जयचन्द्र साह, अजय कुमार साह, दिपेन्द्र कुमार मण्डल, गोपाल यादव कुलदेव यादव, उदयचन्द्र शिवहरे, विजयकुमार मण्डल, विनय कुमार साह, सुधिरलाल कर्ण र दयानन्द साह रहेका छन भने निवर्तमान अध्यक्ष सरोजकुमार चौधरी पदेन सदस्यमा चयन भएका छन ।

नवनिर्वाचित पदाधिकारीहरुले आजै सपथ ग्रहण समेत गरेका छन ।

सपथ ग्रहण समारोहमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी सहितको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८२ पुष १२, शुक्रवार १८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको