प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा



काठमाडौं , पुस ११ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकारी(सीईओ) अशोक शेरचनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय भएको छ।

विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने औपचारिक निर्णय गरेको हो। सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलका अनुसार, शेरचनलाई अब म्याद थप नगरी हाजिरी जमानीमा रिहा गरिने निर्णय भएको छ।

अशोक शेरचन मंसिर १४ गते पक्राउ परेका थिए। त्यसपछि उनी २७ दिन हिरासतमा बसेका थिए। सरकारी निकायले अनुसन्धान र प्रक्रियाका क्रममा आवश्यक छलफलपछि उनलाई रिहा गर्ने निर्णय गरेको हो।

शेरचनको रिहा भएपछि बैंकको दैनिक व्यवस्थापन कार्यमा स्थायित्व आउन सक्ने र बैंक सञ्चालनमा सहजता बढ्ने अपेक्षा गरिएको छ।

यस घटनापछि बैंकको आन्तरिक व्यवस्थापन र नियामक निकायको निगरानीमा पनि ध्यान केन्द्रित हुने देखिएको छ।

प्रकाशित मिति: २०८२ पुष १२, शुक्रवार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको