सप्तरी, पुस ११ । जेष्ठ नागरिक समाजको प्रेरणाका स्रोत रहेकाले उनिहरुको सम्मान हुनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन ।
पाँचौ जेष्ठ नागरिक दिवसको अवसर पारेर शुक्रबार जेष्ठ नागरिक जिल्ला संघ तथा पुर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीले संयुक्त रुपमा आयोजना गरेको ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मा सहभागी वक्ताहरुले उनीहरुबाट शिक्षा लिदै अघि बढ्नुपर्नेमा जोड दिएका छन ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवं जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष रामनरेश सिंहले जेष्ठ नागरिक समाजका प्रेरणाका स्रोत भएकाले उनीहरुबाट शिक्षा लिदै भावी र वर्तमान पुस्ता अघि बढ्नुपर्नेमा जोड दिए ।
नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली जेष्ठ नागरिक देशकै सम्पति भएको जिकिर गर्दै उनीहरुको संरक्षणमा जोड दिए ।
जेष्ठ नागरिक संघ मधेश प्रदेशका पुर्व अध्यक्ष शंकर सारदाले जेष्ठ नागरिकको जिवन यापन सहज बनाउन परिवार, समाज, विभिन्न संघ संस्थाका साथै राज्यले पनि विशेष सहयोग गर्नुपर्नेमा जोड दिए ।
पुर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीका अध्यक्ष चन्द्रदेव मेहताको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी हितनाराण दास, पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह लगायतले पनि शुभकामना दिदै जेष्ठ नागरिकको सुरक्षा र संरक्षणका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघले ८० बर्ष भन्दा माथिका ८ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राजविराजका नन्दलाल साह, झौली नौनियाँ, विजय तातेड, मैना देवी जोशी, बरिष्ठ अधिवक्ताद्वय हिम्मत सिंह, रामकृष्ण गौतम तथा राजगढ गाउँपालिकाका फेकु दास छन् ।
यस्तै पुर्व कर्मचारी सेवा परिषद नेपालले सेवानिवृत्त भई ७८ बर्ष पुगेका ४ जना पुर्व कर्मचारीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा प्रयागलाल यादव, गंगालाल साह, गणेश प्रसाद साह र जगदीश मेहता छन् । उनीहरुलाई प्रमुख अतिथि सिंहले दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका थिए । कार्यक्रम सञ्चालन जेष्ठ नागरिक जिल्ला संघका सचिव बैद्यनाथ झाले गरेका थिए ।




