हिन्दु विरोधी अभिव्यक्तीका कारण राजविराजमा तनाव



सप्तरी, पुस ११ । हिन्दुधर्मावलम्बीको आस्थालाई चोट पु¥याउने गरी मुस्लिम समुदायका ब्यक्तीले दिएको अभिब्यक्तीका कारण विगत दुई दिन देखी राजविराजमा तनावग्रस्त रहेको छ ।

दुई दिन यता हिन्दुधर्मावलम्बीका युवाहरुद्वारा चर्काे विरोध प्रर्दशन भईरहेको छ भने आपसी सदभाव भडकिने सम्भावना समेत बढ्दै गएको छ । यसैक्रममा शुक्रवार हिन्दु सम्राट सेना र बजरंग दल सप्तरीले राजविराज बजार बन्द गराएका छन ।

विहानै देखी सडकमा भेला भएका हिन्दुवादी संगठनका युवाहरुले ठाउँ ठाउँमा टायर बालेका छन भने सडकमा बाँसको ढाट लगाएर आवागमन ठप्प पारेका छन । आन्दोलनकारीहरुको प्रर्दशन र सुरक्षालाई ध्यानमा राख्दै सप्तरी जिल्ला अदालतले सुचना टाँस गरेर एक दिनका लागी सेवा रोकिएको जानकारी गराएका छन ।

हिन्दु देवी देउता उपर समाजिक सञ्जाल मार्फत गलत टिप्पणी गर्ने ब्यक्ती उपर कडा कारवाहीको माग गर्दै हिन्दुवादी संगठनका युवाहरुले बजार समेत बन्द गराएका छन ।

राजविराज १ निवासी अफरोज आलमले समाजिक सञ्जाल मार्फत हिन्दु धर्म तथा देवी देउतामाथी अभद्र टिका टिप्पण्ी गरेको भन्दै हिन्दु युवाहरु आन्दोलित भएका हुन । हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले आलमलाई पक्राउ गरी कारवाही नगरे सम्म आन्दोलन न रोकिने बताएका छन । आलमले भने ३ वर्ष अघि भुलवस समाजिक सञ्चाल मार्फत त्यस्तो टिका टिप्पणी पोस्ट हुन गएको भन्दै क्षमा याचना गरेका छन । उनले समाजिक सञ्जाल मार्फत नै आइन्दा यस्तो गल्ती नदोह¥याउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

उनले ३ वर्ष अघि भुलवस गरिएको पोष्टलाई लिएर पटक÷पटक क्षमायाचना मागी सकेको भएपनि अहिले भाइरल गरेर विवाद चर्काउने खोजिएको गुनासो गरेका छन । हिन्दुवादी संगठनहरुले भने आलमलाई पक्राउ गरी कारवाही नगरेसम्म आन्दोलन नरोकिने अडान लिएका छन । आन्दोलन चर्कीदै जाँदा आपसी सदभाव विथोलिने सम्भावना देखेर दुबै धर्मावलम्बीका अगुवा र आन्दोलनरत पक्ष संग छलफल गरी समस्या समाधानको प्रयास भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: २०८२ पुष १२, शुक्रवार १६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको