निर्वाचनमा जान सबै दल तयार



काठमाडौँ, पुस १२ । फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार बालुवाटारमा बसेको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता जनाएका हुन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावमा जान तयार रहेको स्पष्ट पार्दै भने, “सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ, एमाले पनि रेडी छ, अन्य दलहरू पनि तयार छन्। अब सरकारले सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्छ।”

बैठकमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेताहरूले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वासयोग्य बनाउन सरकारको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै आवश्यक सुरक्षा तथा प्रशासनिक तयारीमा जोड दिएका छन्।

बालुवाटार बैठकपछि प्रमुख दलहरूबीच चुनावमा सहमति देखिनु राजनीतिक असमझदारीका बीच सकारात्मक संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ पुष १३, शनिवार १८:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको