पूर्व मेयर मण्डलद्वारा कम्वल वितरण



जनकपुरधम, पुस १२ । हंसपुर नगरपालिका पूर्व मेयर रामज्ञान मण्डलले नगरपालिकामा रहदै आएका साधुसन्तलाई कम्वल वितरण गरेका छन् । तराई मधेशमा बढ्दै गएको चिसोबाट बच्नकालागि मेयर मण्डलले पालिका भित्र रहेका विभिन्न मठ मन्दिरका साधुसन्तलाई कम्वल वितरण गरेका छन् ।

हँसपुर नगरपालिका क्षेत्र भित्र रहेका मठमन्दिरका साधुसन्तलाई पलिकाले सहयोग नगरेपछि पूर्व मेयर मण्डलले आफ्नो निजी स्तरवाट सहयोग गरेको जनाइएको छ । तराई मधेशमा विगत एक हप्ता देखि कठ्याग्रिदो चिसो बढेपछि उनले कम्वल तथा दाउरा वितरण गरेका छन् ।

शितलहरको चपेटामा परेको हंसपुर नगरपालिकाका स्थानीयबासीहरु भिन्न संघ संस्थाको सहयोगको अपेक्षा गरेको स्थानीयबासीहरुले बताउँछन् । स्थानीय एक वृद्धाले भनिन्–‘रामज्ञान आफ्नो तर्फवाट सकेको गरेका छन् तर हाम्रो मेयर साहव अहिले सम्म आउनु भएको छैन् । रामज्ञान मेयर हुँदा प्रत्येक बर्ष कम्वल, दाउरा लिएर आउने गरेका थिए ।’

यसवर्ष जस्तै परिमाणमा हरेक वर्ष न्यानो लुगा बितरण गरिदै आएपनि वर्षेनी न्यानो ओढ्नेको अभाव हुने गरेको तथा जाडोमा न्यानो लुगा नभएकै कारण कठयाग्रिंएर मृत्यु हुन्छ ।

प्रकाशित मिति: २०८२ पुष १३, शनिवार १७:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको