विष्णुपुर बाल विवाह मुक्त पालिका घोषणा



सप्तरी, १३ पुस । सप्तरीको विष्णुपुर गाउँपालिकालाई बाल विवाहमुक्त घोषणा गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमबीच गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

१८ पालिका रहेको जिल्लामा यसअघी सुरुङ्गा नगरपालिका, खडक नगरपालिका र छिन्नमस्ता गाउँपालिका बाल विवाह मुक्त घोषणा भइसकेको छ ।

सातवटा वडा रहेको विष्णुपुर गाउँपालिकाको सबै वडा बाल विवाह मुक्त घोषणा भइसकेपछी एक कार्यक्रमको आयोजना गरि पालिकालाई बाल विवाह मुक्त घोषणा गरिएको पालिका अध्यक्ष उमेश प्रसाद यादवको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री उमेश यादवले बाल विवाह मुक्त घोषणा सभाको उद्घाटन गरे । सो अवसरमा उनले यसलाई कायम राख्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहेको बताए ।

उनले बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, समाजिक तथा आर्थिक समस्या बारे चर्चा गर्दैै यसलाई रोक्न सबैले आ–आफनो क्षेत्रबाट योगदान गर्नू पर्नेमा जोड समेत दिए ।

सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जिल्लालाई नै बालविवाहमुक्त बनाउने योजना रहेको सुनाउदै बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारीक, समाजिक तथा आर्थिक समस्या लगायतका विषयमा चलाइएको सचेतना अभियानलाई अन्य पालिकामा समेत प्रभावकारी ढंगले अघि बढाउने योजना रहेको जनाए ।

पालिकालाई बालविवाह मुक्त घोषणा गर्न विगत एक वर्षदेखी सेभ द सप्तरी, सेभ द चिल्ड्रनको सहयोग तथा वडा कार्यालयलले सबैको साथ लिई बालविवाह मुक्त अभियान संचालन निर्देशीका २०८० बमोजिम गरेको विभिन्न कार्यक्रम अभियान र प्रयास पश्चात १२ बुँंदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैका आधारमा यस्तो घोषणा गरिएको सेभ द सप्तरीका कार्यक्रम प्रबन्धक संजिव चौधरीले बताए ।

नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । त्यसैकारण घोषणा सभाको मुख्य नारा “नै करु वियाह के बात, बियाह करु बीस के बाद” (केटा केटीको उमेर २० वर्ष नपुगे सम्म विहेको कुरा नसोचौ नगरौ) तय गरिएको सेभ द सप्तरीका शिक्षा अधिकृत दुर्गानन्द शर्माले बताए ।

उनले सो पालिकामा वसोवास गर्दै आएका विभिन्न समुदायका प्रतिनिधी, अगुवा, पुरोहित, मौलाना, मायनजन लगायतले पालिकामा बालविवाह हुन नदिने प्रतिबद्धता समेत जनाएको बताए ।

सो अवसरमा वडाअध्यक्ष लोचन साह, भोगेन्द्र यादव, जिवछ मण्डल, पालिकाका प्रशासन प्रमुख गंगाराम साह, सेभ द चिल्ड्रेनका सिनियर म्यानेजर उमेश गुप्ता, सिनियर प्राजेक्ट संयोजक मकर बहादुर सार्की लगायतले पनि शुभकामना दिएका थिए ।

प्रकाशित मिति: २०८२ पुष १४, आइतवार १६:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको