आगो ताप्ने क्रममा जलेर एक महिला घाइते



सप्तरी, पुस १४ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते भएकी छन्।

नगरपालिकाको वडा नम्बर १, कोशी ब्यारेज स्थित घरमा चुलोमा आगो ताप्दै गर्दा २२ वर्षीया कविता राम अचानक जलेर घाइते भएकी हुन्। जानकारी अनुसार, उनले लगाएको साडी चुलोको आगोमा सल्किँदा कम्मरभन्दा मुनिको करिब २० प्रतिशत भाग जलेको थियो।

इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घटनाबारे पुष्टि गर्दै घाइते महिलाको उपचार तत्काल सुरु गरिएको बताए।

घाइते कवितालाई अहिले भारदह अस्पताल, सप्तरीमा उपचार भइ रहेको छ । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ।

प्रहरीले सुरक्षा मापदण्ड अपनाएर आगो ताप्नुपर्ने र यस प्रकारका घटना दोहोरिन नदिन सचेत रहन आम नागरिकलाई आग्रह गरेको छ।

प्रकाशित मिति: २०८२ पुष १४, सोमबार ०९:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको